spot_img
spot_img
spot_img

“युवा खेलाडीहरूको सांस्कृतिक स्तर उठाउन खेलकुद विभाग लाग्नुपर्छ”

spot_img

भक्तपुर ।

नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय खेलकुद विभागको आयोजनामा सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०५औँ जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले युवा खेलाडीहरूलाई प्रमाणपत्रका अलावा सांस्कृतिक स्तर पनि माथि उकास्न सङ्घले नियमित अन्तरक्रिया, छलफल चलाउन आवश्यक रहेको बताउनुभयो। उहाँले व्यक्तिगतभन्दा सार्वजनिक हितबारे चासो लिन सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।धूम्रपान, मद्यपानजस्ता कुलतमा युवाहरू कहिल्यै फस्न नहुने सल्लाह दिँदै उहाँले गलत बाटोमा लाग्ने व्यक्ति सच्चा युवा हुननसक्ने भनाइ राख्नुभयो।

पुँजीवादको उत्थान, विकास र पतनको नियम नै माक्र्सवादी दर्शन भएको उल्लेख उहाँले मजदुरवर्गबिच सङ्गठन गर्न सके समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिने हुनाले शोषणमा आधारित समाज पँुजीवादको अन्त्यका लागि मजदुरवर्गलाई उठाउन विभिन्न क्षेत्रका युवाहरूबिच छलफल चलाउनुपर्नेमा जोड दिनुभयो । नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले समाजको आमूल परिवर्तनका लागि माक्र्सवादको अध्ययन गरी व्यवहारमा लागू गर्नुपर्ने विचार व्यक्त गर्दै माक्र्सवादी दर्शनलाई मोड्न संशोधनवाद अगाडि आइरहेको जानकारी गराउनुभयो । नेक्रायुवासङ्घ केन्द्रीय खेलकुद विभागका संयोजक रामशरण त्वातीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय खेलकुद विभागकी सदस्य मुना बासुकलाले पनि बोल्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img