spot_img
spot_img
spot_img

बेलायतमा राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने ५० जना बढी पक्राउ

spot_img

एजेन्सी ।

बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार राज्याभिषेक समारोह चलिरहेको थियो । तर सोही क्रममा राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढी पक्राउ परेका हुन् । लण्डनको ट्राफलगर स्क्वार लगायतका शहरमा भेला भएर राजसंस्था विरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजतन्त्र बिरोधी अभियानका ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ गरेको प्रदर्शनकारीहरुले बताएका छन् ।

प्रदर्शनकारीहरुले ‘नट माई किङ’ लेखेको टिसर्ट लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरुमाथि बेलायती कानून अनुसार सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । बेलायतका मानव अधिकारवादी समूहहरुले भने प्रदर्शनकारीहरु पक्राउ गरिएकोप्रति खेद प्रकट गरेका छन् । राजा तृतीयको शनिबार राज्याभिषेक समारोह भब्य रुपमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img