भैरहवा ।
बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको छ। भैरहवा विमानस्थलमा अवतरणपछि जहाजको पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न नसक्दा आधा घण्टाभन्दा लामो समयसम्म विमानस्थलबाट कुनै उडान अवतरण हुन सकेको थिएन । अब भने भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ ।
जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ । श्री एअरलाइन्सका अनुसार जहाजमा चालक दलका सदस्य सहित ८१ जना यात्रु थिए । बिहान विमानस्थल अवरुद्ध हुँदा काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको थियो ।