एजेन्सी ।
भारतको केरलाबाट गायब भएको र इस्लाम धर्म अपनाउने युवतीको कहानीमा बनेको फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि भएको छ। सेकनिल्कको सुरुवाती ट्रेन्डका अनुसार फिल्मले दोस्रो दिन अर्थात् शनिवार १२.५० करोड भारुको सङ्कलन गरेको छ । फिल्म समीक्षक तरुण आदर्शका अनुसार पहिलो दिन फिल्मको कमाई ८.०३ करोड भारु थियो । फिल्मको कुल कमाई करिब २० करोड भारु पार भएको छ। फिल्मको धेरै नै विवाद भइरहेको छ ।
एक समूहले फिल्मलाई प्रोपागान्डा भनेर खारेज गरिरहेका छन् भने दोस्रो समूहले यसलाई केरलाको वास्तविकता बताइरहेका छन् । यसबारे अहिलेसम्म खुलेर कुराकानी भएको छैन । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्म निर्माताले ‘लभ जिहाद’ को मुद्दालाई उठाएर सङ्घ परिवारको प्रोपागान्डालाई अघि बढाइरहेको आरोप लगाएका थिए ।