काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच सय पाँच जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा २३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४१ जना रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये १४ जना आइसोलेशनमा, पाँच जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




