एजेन्सी ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिएको छ। अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ । भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेको थियो । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र झडपको सिलसिला सुरु भएको थियो ।