चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनको अवधीमा दुईवटा गैँडा मृत भेटिएका छन् । गत २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभएको छ । दुवै गैँडा प्राकृतिक कारणले मरेको उहाँको भनाई छ। मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको छ । ल
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??