काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने पार्टीका सहमहामन्त्री जीवन परियारले सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभएको छ । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनुभयो । सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनुभयो ।