काठमाण्डौ ।
गएको २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । पाँच सय पाँच जनामा गरिएको परीक्षणमा थप१७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताउनुभएको छ। अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन्। यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ देखा परेपछि सङ्क्रमण बढेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??