भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलवार ४२ बोरा अबैध चिनी बरामद गरे्को छ। मंगलबार दिउँसो करिब १२ बजेको समयमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिकाको वडा नं ६ बेथरीबाट उक्त अवैध चिनी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्दे्हीका प्रवक्ता दिपक कुवँरका अनुसार भारतबाट नेपाल तर्फ भन्छार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले करिब १ लाख ५७ हजार ५ सय रुपैया बराबरको ५० किलोका ४२ बोरा चिनी बरामद गरिएको हो ।
बरामद गरिएका अबैध चिनीका बारोहरुलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक कुवँरले जानकारी दिनुभएको छ।