दाङ ।
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १४ मा रहेको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा रोल्पाको रुन्टीगढी गाउँपालिका ३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। बस चालकलाई नियन्त्रणमा लिइएको तथा घटनाबारे अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




