काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउदै बिजयी भएको छ। कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टाएको थियो। त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। जितसँगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ। कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??