spot_img
spot_img
spot_img

देशका १ सय ५० ठाउँमा डढेलो फैलियो

spot_img

काठमाण्डौ ।

अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको छ । सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले बताएको छ।बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ । कैलालीका ९, सिन्धुली र बर्दियाका ८-८, कञ्चनपुर र सल्यानका ६-६, खोटाङ, दाङ र अर्घाखाँचीका ५-५ ठाउँमा, दोलखाका ४ र धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३-३ ठाउँमा र अन्य विभिन्न ठाँउमा डढेलो लागेको अनुगमन प्रणालीले देखाएको हो । सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img