काठमाण्डौ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देश गरेको छ ।। आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिदै दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट प्रतिवेदन सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र आयोगमा पेस गराउनुपर्ने आयोगले जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकाल्नुभएको विज्ञप्तिमा राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख छ ।