काठमाडौं ।
यस वर्षको बसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु गरिएको छ । आरोहणका लागि आइसफल डाक्टरले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम गरेपछि आरोहणका लागी बाटो खुला भएको हो । प्रतिकुल मौसमका कारण केही दिन यता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले आइतबार बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने आंकलन गरिएको कम्पनीको भनाइ छ । अन्तर्राष्ट्रिय ख्याती आर्जन गरेका माउन्टेन गाईड दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र दीपेन गुरुङको टोलीले डोरी टाँगेर बाटो बनाउने काम सम्पन्न गरेको छ ।