३० बैशाख, काठमाडौँ ।
गएको २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन् भने योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??