बुटवल ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित हुनभएको छ। शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा पुनहरी बेल्बासे र उषाकिरण पन्थ निर्वाचित हुनुभएको छ। यसैगरी सोही अधिवेशनबाटै सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित हुनु भएको छ। यस्तै प्रशंशा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङ सदस्यमा निर्वाचित भएको छ। अधिवेशनको उद्घाटन सत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाईमा पुर्याउने गरि काम गर्न नयाँ कार्यसमितिलाई शूभकामना दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार जहिल्यैपनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशिल हुनुपर्ने समेत केन्द्रिय उपाध्यक्ष सुवेदीले बताउनुभयो। कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढि भएको बताउँदै जनमुखी बनाउनुपर्नेमा जोड दिनु भयो। अहिले समाजवादी समाज निर्माणको आवश्यकता महसुस भइरहेको उल्लेख गर्दै त्यसलाई स्थापित गर्ने गरि पत्रकारहरुको कलम चल्न आवश्यक रहेको भट्टराइले बताउनु भयो। केन्द्रीय सदस्य भट्टराईले माक्र्सको भनाई उदृत गर्दै ‘लेख्नका लागि बाँच्ने की बाँच्नका लागि लेख्ने’ यसको गहिरो अर्थ अनुसार अगाडि बढाउनु पत्रकारिताको चुनौती रहेको उल्लेख गर्नुभयो।
अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ह«दय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरि संगठन निर्माणको अभियानमा खटिएको बताउनु भयो। भुसालले रुपन्देही जिल्ला प्रदेशको अगुवाई गर्ने जिल्ला भएकाले नयाँ नेतृत्वले त्यसलाई स्थापित गर्ने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष शंकर पाण्डेय, सचिव दीपक अनुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतको उपस्थिती थियो ।अधिवेशनको उद्घाटन सत्र विनोद परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत एंव पुनहरि बेल्बासकेको सञ्चालनमा सम्पन्न भएको थियो ।