३१ बैशाख, चितवन ।
सबै बर्गलाई सूचनाको पहुँचमा पुर्याउन चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न परिवारलाई रेडियो वितरण गरेको छ । गाउँपालिकाले पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरेको हो । गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्ने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जनाकारी दिनुभएको छ ।सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उहाँले बताउनु भयो । देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ ।