spot_img
spot_img
spot_img

कञ्चन गाउँपालिका वडा नं. ५ मा वडाको आवधिक विकास योजनाबारे छलफल

spot_img

कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकाले पालिकाको आवधिक गाँउविकास योजना दिर्घकालिन सोंच सहित बिषय क्षेत्रगत रणनितिक योजना सहितको आवधिक गाँउपालिका विकास योेजना तर्जुमा सम्बन्धी वडागत रुपमा सरोकारवालाहरु बिच छलफल कार्यक्रम सञ्चालन गरिरहेको छ। आवधिक गाउँविकास योजना छलफल कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.५ मा वडाको दिर्घकालिन सोंच सहित बिषय क्षेत्रगत रणनितिक योजना सहितको आवधिक गाउँ विकास योेजना तर्जुमाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफल कार्यक्रममा सरोकारवालाहरुले वडा र गाउपालिकाको बिकास योजना निर्माण गर्दा पालिकाको दिगो बिकास र समृद्धिलाई बढी प्राथमिकता दिनु पर्ने सुझाव प्रस्तुत गरेका छन । गाँउपालिकाको भौतिक, शिक्षा, स्वास्थ्य, कृषि पशु बिकास, मानव संशाधन, वातावरण, पर्यटनमा दिगो विकास र पालिकावासीको पहुँच सहित अनुभव गर्न सक्ने गरी योजना निर्माण गर्नु पर्नेमा जोड दिएका थिए।

गाँउपालिका अध्यक्ष नवराज ढकालले आगामी ५ बर्षमा कञ्चनलाई क्षेत्रमा विकास गर्ने र उक्त विकासले पालिकावासीको जिवनसंग कति मेल र पहुँच कायम गर्छ भन्ने कुरालाई आधार बनाएर आवधिक बिकास योजना निर्माण गरिने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कञ्चन समृद्धिमा कञ्चनवासीको भुमिकालाई समेत जोड्न वडा र विषयगत छलफल सञ्चालन भइरहेको समेत बताउनुभयो। उपाध्यक्ष मौसमी थापा मगरले पालिकाले निर्माण गर्ने आवधिक गाउकिास योजना तर्जुमा गर्दा कञ्चनको भौगोलिक वातावरण, परम्परा र संस्कृति, रहनसहन र भाषा कला र साहित्यको समेत संरक्षण र सम्बद्र्धन गर्नेगरी योजना तर्जुमा गर्नमा कञ्चनवासीकै अनुभव र सिकाईलाई समावेस गर्न वड र बिषय तथा क्षेत्रगत छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा वडा नं ५का निवर्तमान वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, कार्यपालिका सदस्य कुमारी घर्ति, शान्तीभुमी आधारभुत बिद्यालयका प्रधानाध्यापक विश्वास पौडेल लगायतले आवधिक यबिकास योजनाबारे बिषयगत तथा क्षेत्रगत रुपमा सुझाव प्रस्तुत गर्नु भएको थियो। वडा सदस्य यम बहादुर पुनको अध्यक्षता तथा वडा सदस्य मिना विकको स्वगतमा सम्पन्न कार्यक्रममा असिस्टेण्ट सव इन्जिनियर रेजिना ढकालले सञ्चालन गर्नु भएको थियो।
कार्यक्रम रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img