३१ बैशाख, कञ्चन ।
क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा मशालको संयुक्त आयोजनामा यही जेठ २ गते बुटवलमा भ्रष्टचार बिरुद्ध बृहत मार्चपास तथा कोण सभा हुने भएको छ। शासक दलका स्थानीय नेता देखि उच्च पदस्थ नेताहरु बिभिन्न भ्रष्टचार र अनियमित्तामा संलग्न भई देशलाई आर्थिक तथा राजनैतिक रुपमा समेत कमजोर बनाइरहेको सन्दर्भमा भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै बुटवलमा सो कार्यक्रम हुने भएको क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालका राजु भुजेलले जानकारी दिनु भएको छ।
देशको उपप्रधानमन्त्री समेत रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले नै आफ्ना नागरिकहरुसंग लाखौं रकम असुली नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न भई अन्तराष्ट्रि स्तरमै देशको बेइज्जत गराइरहेकोले उनिहरुलाई कडा कडा भन्दा कार्वाही गर्न दवाब दिने उद्धेश्यले बुटवलमा भ्रष्टचार बिरुद्ध बृहत मार्चपास सहित कोणसभाको आयोजना गरिएको नेता भुजेलले कञ्चन खवरलाई जानकारी दिनु भएको छ।
पार्टीका बिभिन्न जनवर्गिया संगठन, नागरिक समाज, बुद्धिजीवी, सामाजिक अभियान्ताहरुको समेत सहभागिता रहने कार्यक्रमलाई सम्बोधन गर्न क्रान्तीकारी कम्युनिष्ट पार्टी र नेकपा मशालका केन्द्रिय नेताहरु बुटवलमा आउने कार्यक्रम रहेको नेता भुजेलले जानकारी दिनुभएको छ। बुटवलमा हुने भ्रष्टचार बिरुद्धको बृहत मार्चपास सहितको कोणसभामा सहभागिता जनाउन सम्पुर्ण देशभक्त नागरिकहरुलाई नेता भुजेलले आग्रह गर्नुभएको छ।