१ जेठ, कञ्चन
राप्रपाको आयोजनामा आज कञ्चनमा भ्रष्टचार बिरुद्ध र्याली सहित कोणसभा हुने भएको छ । आज सांझ ४ बजे हुने भ्रष्टचार बिरुद्ध र्याली सहित कोण सभा कञ्चनको हरैया देखि गरगरेचोक सम्म भ्रष्टचार बिरुद्धको शान्तीपुर्ण र्याली पश्चात गरगरेमा कोण सभामा परिणत हुने जनाईएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता गोपाल विकले दिनुभएको जानकारी अनुसार देशमा व्याप्त भ्रष्टचार, नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई बेचेर देशको स्वाभिमान ढलाउने ठूला दलका नेता मन्त्री, पुर्व मन्त्री कर्मचारीहरुलाई कडा भन्दा कडा कारबाहीको गर्न दवाव दिने उद्धेश्यका साथ उक्त र्यालीको आयोजना गरिएको हो। नेता विकले उक्त विरोध र्यालीमा सहभागी हुन सम्पुर्ण कञ्चनवासीहरुमा अपिल समेत गर्नुभएको छ।
राप्रपाको आयोजनामा कञ्चनमा भ्रष्टचार बिरुद्ध र्याली
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??