काठमाण्डौ ।
कैलालीको टीकापुरमा २०७२ सालमा भएको घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभएको छ । टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीले भने सफाई पाएका छन । अर्का लक्ष्मण थारुलाई पाँच वर्षको कैद सजाय घटाएर तीन वर्ष कायम गरिएको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??