spot_img
spot_img
spot_img

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बुटवलमा प्रदर्शन

spot_img

बुटवल ।

नक्कली भुटानी शरणार्थी वनाइ नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही र राष्ट्रघाती नागरिकता बिधेयक खारेजीको माग गर्दै आज बुटवलमा प्रदर्शन भएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र बिद्रोही नेकपा ९मशाल० को संयुक्त आयोजनामा बुटवलको बिपी चौकबाट सुरु भएको बिरोध जुलुस बुटवलका बिभिन्न ठाउँको परिकर्मा गरी पुन बिपी चौकमै पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले भ्रष्टाचारलाई कार्वाही गर, मानव बेचबिखन गर्नेलाइ कार्वाही गर,राष्ट्रघाती नागरिकता विधेयक खारिज गर,संघियता हामिलाइ चाहिदैन जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै कम्युनिस्ट क्रान्तिकारी पार्टी नेपालका केन्द्रीय नेताहरु के बि गुरुङ, प्रेम सुबेदी, सदस्य भुपेन्द्र न्यौपाने, क्षेत्र बहादुर क्षेत्री, बिद्रोही नेकपा मशालका पोलिट्ब्युरो सदस्य कृष्णराज पौडेल, नेकपा मशाल रुपन्देही प्रबक्ता बाबुराम आचार्य, अखिल छौठौ केन्द्रीय सदस्य दिपक पौडेल, नागरिक अगुवा पदम कार्की लगायतले नक्कली भुटानी शरणार्थी वनाइएर नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही गर्नुकासाथै सबै किसिमका भ्रष्टाचारका घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषिमाथी कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै दोषिमाथी कारबाही नभए पार्टीले थप शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img