काठमाण्डौ ।
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले गए राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो। निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । अब डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्रोलको भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??