spot_img
spot_img
spot_img

पर्यटक भिसा रहेकालाई हज यात्रामा सहभागी हुन नदिने साउदी सरकारको निर्णय

spot_img

एजेन्सी ।

साउदी अरेबियाले पर्यटक भिसामा आउनेहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको छ । साउदीको हजा तथा उमरा मन्त्रालयले विज्ञप्ति निकालेर पर्यटन भिसामा आएकाहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको हो । यस्तै मन्त्रालयले हज यात्रामा सहभागी हुने व्यक्ति र गाडी दुवैका लागि अनुमति अनिवार्य गरेको पनि जनाएको छ । साउदी अरेबियाले जुन २६ देखि हज यात्रा सुरु गर्ने तयारी गरेको छ । साउदी अरेबियाले हरेक देशका लागि हज यात्रीको कोटा निर्धारण गरेको छ । यस वर्ष सबैभन्दा धेरै इन्डोनेसिया र त्यसपछि पाकिस्तान, भारत, बङ्गलादेश, नाइजेरिया, इरानलगायतका देशले बढी कोटा पाएका छन् । कोरोना महामारी सुरु हुनुअघि साउदी अरेबियाले हज यात्राबापत वर्षमा ३० अर्ब अमेरिकी डलर राजस्व सङ्कलन गर्दै आएको थियो । कोरोनापछि भिडभाड घटाएको साउदी सरकारले अघिल्लो वर्षदेखि कोटा बढाएको छ । मुस्लिमहरूले पवित्र तीर्थका रूपमा जीवनमा कम्तीमा एक पटक हज यात्रा गर्ने प्रयास गर्दछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img