spot_img
spot_img
spot_img

भनपा प्रमुख प्रजापति र चामुन्दा बिन्द्रासैनी नपा प्रमुख शाहीबीच भेट

spot_img

३ जेठ, भक्तपुर ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुन्दा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले मंगलबार भनपा सभाकक्षमा भेट गरेको छ । भेटमा उहाँहरुबीच भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भएको थियो । टोलीलाई भादगाउँले टोपी र खादाले स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धी र विकास निर्माणमा उपभोक्ता मोडलबारे आफ्नो धारणा राख्नुभयो । भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै उहाँले भक्तपुर नपाले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने शुत्रको रुपमा लिई काम गर्दै आएको बताउनुभयो । देशका विभिन्न स्थानीय तहहरुबीच अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउँदै स्वास्थ्यमा घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, १०० शैयाको ख्वप अस्पतालको सञ्चालनका साथै निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था नपाले गर्दै आएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

भेटमा चामुन्दा बिन्द्रासैनीका नगर प्रमुख गणेशकुमार शाहीले जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने हुँदा भक्तपुर नपाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो । कलेज सञ्चालन गर्न र विद्यालयहरुको व्यवस्थापन गर्न भक्तपुर नपाले बनाएको शिक्षा ऐनबारे नगर प्रमुख शाहीले जिज्ञासा राख्नुभयो । चामुन्दा बिन्द्रासैनी ९ वटा वडामा विभाजित रहेको र स्थानीय तहको पुर्नसंरचना गरिँदा यो नगरपालिका साबिकका चामुन्डा, जम्बुकाँध र लयाँटीबिन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरी नगरपालिका बनेको समेत नगर प्रमुख शाहीले जानकारी दिनुभयो।

नगर प्रमुख शाहीले नगपालिकाकाले एक पालिका एक प्राविधिक विद्यालयको नीतिअनुसार डिप्लोमा तहमा कृषि विषयको अध्ययन अध्यापन गराउँदै आएको र छिटै कृषिमा स्नातक कक्षा सञ्चालन गर्ने तयारीका साथ अगाडि बढिरहेको अवगत गराउनुभयो । भेटमा चामुन्दा बिन्द्रासैनीका वडाध्यक्ष, चामुन्दा माविका प्रतिनिधिहरुको उपस्थिति थियो । भेटपश्चात उहाँहरुलाई नगर प्रमुख सुनिल प्रजापतिले मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने तत्पश्चात उहाँहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप अस्पतालको स्थलगत अवलोकन गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img