बुटवल ।
राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नया नेतृत्व चयन गर्दै विहिवार बुटवलमा सम्पन्न भएको छ। सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक गरि १७ सदस्यिय नगर कार्य समिति सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ। जसको उपाध्यक्षमा माया खनाल, सचिवमा गंगालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल वञ्जाडे निर्वाचित भएका छन्। यसैगरि सदस्यहरुमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन् । बैकल्पिक सदस्यमा दिपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका छन् । सम्मेलनले सल्लाहाकारमा कृष्णप्रसाद पोखरेल, दिपक थापा, राप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल वञ्जाडे, गनीराम विसी, थम्मन बहादुर पुलामीलाई चयन गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउँदै गएको वर्तमान अवस्थामा जनताका समस्याहरु समाधान गर्ने आन्दोलन कमजोर बनेको बताउनुभएको छ । पछिल्ला दिनहरुमा देखा परेका अराजनैतिक क्रियाकलापले पार्टीहरुले निष्ठा गुमाएको जिकिर गर्दै जनताको पक्षमा बोल्ने र संघर्ष गर्ने उभ्याउन कार्यकर्ताहरुलाई आलमले आग्रह गरे । उहाँले बाहिरी शक्तिको चलखेलमा गणतन्त्र र धर्मनिरपेक्षतालाई खतम गर्ने षडयन्त्र भैरहेको बताउँदै गणतन्त्रको रक्षाको प्रश्न जटिल बनेको धारणा राख्नुभएको छ । आलमले आफ्नो पार्टीले जनताको माझमा सधै निष्ठाको राजनीति गरेको दावी गर्दै संघीय प्रणालीले मुलुकलाई अधोगति तिर जान्छ भन्ने आफूहरुको भनाई प्रमाणित हुदै गएको बताउनुभयो ।
नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्ष्ता, उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलको स्वागत र सचिव गंगालाल सापकोटोको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न शुभेक्षुक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नव निर्वाचित अध्यक्ष श्रेष्ठले समापनका अवसरमा पार्टीलाई जनताको माझमा जनताको साथमा लैजानको लागि बलियो संगठनको आवश्यकता पर्ने हुँदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । अन्य पार्टी र संगठनलाई हेरेर होइन आफ्नो पार्टीको नीति र कार्यक्रममा विचलित नभएर लाग्न पनि उनले सो अवसरमा जोड दिनुभयो ।