spot_img
spot_img
spot_img

इटालीमा ६ महिनामा पर्ने पानी २ दिनमै पर्‍यो, बाढीका कारण ९ जनाको मृत्यु

spot_img

एजेन्सी ।

भारी वर्षापछिको बाढीका कारण इटलीमा नौ जनाको ज्यान गएको छ । उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाका कारण बाढी आएपछि नौ जनाको ज्यान गएको र १३ हजार जना मानिस विस्थापित भएका बीबीसीले जनाएको छ । इटलीमा छ महिनाको अवधिमा पर्ने पानी दुई दिनमै परेपछि २० वटाभन्दा बढी नदीहरूमा ठूलो बाढी आएको खबरमा उल्लेख छ । रिमिनीको उत्तर–पूर्वी तट र बोलोग्ना सहरको बीचमा सबै नदीमा बाढी आएको अधिकारीहरूले बताएका छन् । नदी आसपासका क्षेत्रमा दुई सय ५० भन्दा धेरै ठाउँमा पहिरो खसेकाले मानिसहरूलाई रातारात अन्यत्र सारिएको छ । इटलीका नागरिक सुरक्षामन्त्री नेलो मुसुमेचीले नदीका किनारहरू फुटेको र सहरहरूमा पानी पसेर डुबान भएको बताउनुभएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img