spot_img
spot_img
spot_img

जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

spot_img

सैनामैना ।

नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना र आमा टोपकला घिमिरेको सम्मानमा ५० हजार राशीको कान्तुराम टोपकला अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको ब्याजबाट आउने रकमले विभिन्न कालखण्डमा अभिभावक गुमाएका बालबालिकाहरूलाई छात्रबृत्ति प्रदान गरिने भएको हो । घिमिरेले प्रत्येक बर्ष बुवाको पुण्यतिथि र आफ्नो जन्मदिनमा अक्षयकोषमा रकम थप गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले पत्रकार घिमिरे र उहाँको परिवारको सकृयतामा स्थापना गरिएको अक्षयकोषले अभिभावक नभएकै कारण पढाइको अवसरबाट बञ्चित भैरहेका बालबालिकालाई शिक्षामा जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

उहाँले अक्षयकोष स्थापनाले समाजमा राम्रो काम गर्न चाहनेहरुलाई पनि प्रेरणा प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो। त्यसैगरी पशुपति माविका प्रधानाध्यापक हरि थापाले पत्रकार घिमिरे परिवारले स्थापना गरेको अक्षयकोष बाट विद्यालयमा अध्ययन गर्दै गरेका धेरै विद्यार्थीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो। उहाँले यो अक्षयकोष अभिभावक गुमाएका बालबालिकालाई ध्यानमा राखेर उनीहरुको शिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले स्थापना गरिएकोले अरु अक्षयकोष भन्दा पृथक हुने विश्वास ब्यक्त गर्नुभयो। अक्षयकोष घोषणा कार्यक्रम पशुपति माध्यमिक विद्यालयका अध्यक्ष भागिरथी घिमिरेको अध्यक्षतामा भएको थियो। उक्त अवसरमा सहायक प्रधानाध्यापक केदार सापकोटा र सल्लाहकार नरेन्द्र सोमरेले पत्रकार घिमिरे र उहाँको परिवारले अक्षयकोष स्थापना गरेर समाजलाई नयाँ उदाहरण दिनुभएको बताउँदै अभिभावक गुमाएका विद्यार्थीको शिक्षामा ठूलो सहयोग पुग्ने बताउनु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक धातानन्द भुसालले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img