spot_img
spot_img
spot_img

लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

spot_img

लुम्बिनी ।

लुम्बिनी प्रदेशमा नियुक्त भएका तीन मन्त्रीले सोमबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्तालाई आज नै मन्त्रीमा नियुक्त गर्नुभएको थियो। स्वास्थ्य मन्त्रीमा खनाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल र सामाजिक विकासमन्त्रीमा गुप्ताले सपथ लिएका हुन् । तीनजना मन्त्री थपिएसँगै लुम्बिनीमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ। लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेका छन् । गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img