spot_img
spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकार गम्भीर नभएको भन्दै बिरोध प्रदर्शन

spot_img

 काठमाडौं ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। आज (सोमबार) माईतीघर मण्डलामा भेला भइ विद्यार्थी संगठनका नेताहरुले भ्रष्टाचारको बिरोधमा प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भएपनि अहिलेसम्म १६ जना भन्दा अरुलाई पक्राउ गर्न नसकेको भन्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले आपत्ति जनाउनुभएको छ । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनु भयो । प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठनकर्मीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरुलाई तत्काल कारबाही गर्, लगायतका नारा र प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img