spot_img
spot_img
spot_img

बुटवलमा २ दिने रोजगार मेला सुरु

spot_img

९ जेष्ठ,बुटवल ।

बुटवलमा २ दिने रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु भएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभएको छ। मेलाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजिमा विदेश जानुपर्ने र नेपाली उद्योगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेको बताउनुभयो। कार्यक्रमको बारेमा जानकारी गराउदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाईरहेको र पढेलेखेका युवाहरु कामको खोजिमा वाहिरिरहेको कुरालाई मध्येनजर गरेर कसरी दुबै पक्षको आवश्यकता पूर्ती गर्न सकिन्छ भनेर रोजगार मेला गरिएको बताउनुभएको छ।

मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ भने३ सय जनालाई रोजगारीको अवसर रहेको उहाँले बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेको बताउदै यहाँका उद्योगमा कामको लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियो भने उद्योगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नुभयो । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img