spot_img
spot_img
spot_img

पछिल्लो ५० वर्षमा जलवायुजन्य विपत्तिका कारण २० लाख जनाभन्दा धेरैको ज्यान गयो

spot_img

एजेन्सी ।

विश्वभर भएका जलवायुजन्य प्राकृतिक विपत्तिले गएको ५० वर्षमा २० लाख जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घको मौसमसम्बन्धी सङ्गठन डब्लूएमओले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९७० देखि २०२१ सम्ममा ११ हजार सात सय ७८ वटा ठूला जलवायुजन्य प्राकृतिक विपत्तिका घटना भएका उल्लेख गरेको छ। यी घटनामा २० लाख जनाभन्दा धेरैको ज्यान गएको डब्लूएमओले जनाएको छ । यी घटनाबाट चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पनि प्रतिवेदनमा उल्लेख रहेको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा आँधी, मुसलधार वर्षापछि बाढी–पहिरो, हिमपहिरोलगायतका घटनाहरू बढिरहेका उल्लेख छ । पछिल्लो समयमा भएका घटनाको उदाहरणको रूपमा संयुक्त राष्ट्र सङ्घले ुमोकाु नामको आँधीले बङ्गलादेश र म्यान्मारमा मानवीय क्षति पुर्‍याएको उल्लेख गरेको छ । खडेरीका कारण भएका घटनालाई भने यो प्रतिवेदनमा समेटिएको छैन । जलवायुजन्य विपत्तिहरूमध्ये झन्डै ९० प्रतिशत घटना विकासशील देशले भोग्नुपरेको पनि प्रतिवेदनले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img