spot_img
spot_img
spot_img

अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा

spot_img

९ जेठ, एजेन्सी ।

अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ । अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ ।उहाँ अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ । आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उहाँले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिनुभएको छ । बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहनुभएको बीबीसीले जनाएको छ । साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img