काठमाण्डौ ।
नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज (मङ्गलबार) राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा भएको खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो सेट २५–१०, दोस्रो सेट २५–८ तेस्रो सेट २५– ९ ले जितेको हो । नेपालले हिजो किर्गिस्तानलाई हराएको थियो । नेपालसँगै समूह ुएु बाट भारत पनि अन्तिम चारमा पुगेको छ । भारतले हिजो बङ्गलादेशलाई र आज किर्गिस्तानलाई हराएको हो । आजै भएको दोस्रो खेलमा काजकिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हराएको छ । काजकिस्तानले पनि आज लगातार दोस्रो खेल जितेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आजै बेलुका साढे ६ बजे उज्वेकिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल र भारत भोलि बुधवार खेल्नेछन् । भोलि जित्ने टोली समूह विजेता बन्नेछ ।