काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई सरकारले अनुदान दिनैपर्ने बताउनुभएको छ ।आज (बुधबार) माइतीघर मण्डलामा उखु किसानले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुग्नुभएका अध्यक्ष भट्टराईले उखुलगायतका किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताउनुभएको हो । कृषि,अर्थतन्त्र पूरै धराशायी भएको छ । लाखौँ मानिस विदेश पलायन हुन बाध्य भएका छन् । हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका भएको बताउदै यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।