काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेबिरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै लामिछानेबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । युवराज सफलले रास्वपाका सभापति लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका हुन ।गत बैशाख २८ गते सर्वोच्च प्रशाशनले दरपीठ गरेको रिट निवेदन जेठ ८ गते तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि पौडेलले आज दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइका लागि जेठ १७ गते पेशी तोकिएको छ ।