spot_img
spot_img
spot_img

रुकुम पश्चिममा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो, १० जना घाइते

spot_img

११ जेठ, रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका(८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका ५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img