spot_img
spot_img
spot_img

दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु

spot_img

१० जेठ, एजेन्सी ।

दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो । ३ महिनाको अवधिमा सो क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो । स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img