spot_img
spot_img
spot_img

“सिद्धार्थनगर नगरपालिकामा हरियाली प्रवर्द्धन कार्यक्रम “

spot_img

अंशु बोहरा, रुपन्देही ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिण भेगमा रहेको शिद्धार्थनगर नगरपालिकालाई केही समय यता हरियाली स्वच्छ देख्न सकिन्छ । यस नगरपालिकाको नामाकरण पनि शान्तिका दुत भगवान गौतमबुद्धको बाल्यकालको नाम ” शिद्धार्थ ” बाट गरिएको हो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी जानको लागि आन्तरिक र बाह्य पर्यटक सिद्धार्थनगर नगरपालिका भारी मात्रामा आउने गरेका छ्न किनकि यहि नै लुम्बिनी जाने द्वार हो । लुम्बिनी जानको लागि यहाँ आउने पर्यटकहरुलाइ , पहिले र अहिले तपाईंले के फरक पाउनु भयो ? भनेर प्रश्न गर्दा सबैजनाले सहजै रुपमा, ‘ अहिले त पहिला भन्दा स्वच्छ र हरियाली लाग्यो’ भनेर जवाफ दिन्छ्न । यसको मुख्य श्रेय भनेको त्यहा भएका अधिकांश फुलका बिरुवा र अन्य बोट बिरुवा हुन । जसलाई नगरपालिकाले रोप्नु का साथै मलजल गरेर हुर्काइ रहेको छ ।

आर्थिक बर्ष २०६६ / ०७७ मा नगरपालिकाले ५ हजारको हाराहारीमा वृक्षरोपण गरेको थियो , र वृक्षरोपण गरिएका बिरुवाहरुको आँकाडा हेर्ने हो भने लगभग ६५% बढी बिरुवाहरु हुर्किसकेका छ्न । यसैगरी आर्थिक बर्ष २०७९/०८० को तथ्यांक हेर्ने हो भने नगरपालिकाले बैंक त तथा बित्तीय संस्थाहरुसङ्ग समन्वय गरेर वृक्षरोपण गरेको छ । यसपटक सिद्धार्थनगर नगरपालिकाले बेलैया देखि अञ्चलपुर सम्म वृक्षरोपण गरेको छ । यो नगरपालिकाले आयोजना गरेको हरियाली प्रबर्द्धन कार्यक्रमको मुख्य उदेश्य भनेकै फुलैफुलको सहर , हरियाली र स्वच्छ बाताबरण बनाउनु सङ्गै पर्यटकलाइ अझ राम्रोसङ्ग स्वागत गर्न सक्नु हो । जसको लागि हाइवेको बिचमा रहेको सार्बजनिक जग्गा र पार्कहरुमा प्रशस्त मात्रामा वृक्षरोपण गरिएका छन । जसले गर्दा आजकाल यो नगरपालिकालाइ स्वच्छ र हरियाली देख्न सकिन्छ ।
नगरमा फराकिला गरिएका भित्री सडकसङै ६ लेनका सडकका दायाँबायाँ पनि विभिन्न प्रजातिका बिरुवाहरु सामान्य रुपमा नै हुर्किरहेका छ्न ।

वृक्षरोपण रोपण गरिएका अधिकांश ठाउँहरुमा बिरुवाहरु हुर्किदै र हुर्किसकेका छन, भने कुनै ठाउमा छाडा पसु चौपायाहरुले बिरुवाहरु खाइदिने र भाचिदिने गरेका छन , जसको प्रत्यक्ष उदाहरण हामी यस नगरपालिकाको ‘देवकोटा’ चोकमा देख्न सक्छौ । तर अहिले भने यश नगरपालीकाले छाडा पसु चौपायाहरुलाई पनि ब्यबस्थापन गरेको हुनाले यो समस्या हटेको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान बताउनु हुन्छ । यति मात्र नभएर बिरुवा लगाइएको स्थानहरुमा नगरपालिकाको रेखदेखमै मलजलको काम समेत भइरहेको उहाँ बताउनु हुन्छ । सिद्धार्थनगरको लुम्बिनी गेट हुँदै गौतम बुद्ध अन्तरास्ट्रिय विमानस्थलसम्म हाइवेको बिचमा तारबारको सुरक्षासङ्गै विभिन्न किसिमका सुन्दर फुलहरु पनि मुस्कुराइ रहेका हामीले देख्न सक्छौ । जहाँ अहिले गुलाबी रंगका फुलहरुले यात्रु तथा स्थानीयका ध्यान समेत खिचिरहेका छन ।

सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको हरियाली प्रबर्द्धन कार्यक्रम हिजोआज निकै प्रभावकारी साबित हुँदै गएको छ। सडकका दायाँबायाँ र बिचमा हुर्किरहेका बिरुवाहरुले शहर , सफा र सुन्दर मात्र नदेखाएर शितलता पनि प्रदान गर्दै आएका छन । यो कार्यक्रमलाई यत्तिको प्रभाबशाली बनाउन यहाका नागरिकहरुको पनि उत्तिकै भुमिका रहेको जनप्रतिनिधिहरु बताउनु हुन्छ । ” पहिले पहिले उजाड लाग्थ्यो, बाहिर कतै कामले चोक सम्म निस्किनु पनि सकस हुन्थ्यो गर्मी ले, त्यो माथी धुलो धुवा, तर अहिले यो हरियाली प्रबर्द्धन कार्यक्रम सुरु मात्र नभएर लागू पनि भएपछी ओत लाग्ने केही रुखहरु पनि छन जसले स्वच्छ हावा र अक्सिजन पनि दिइरहेका छन, त्यसो हुदा पहिले जस्तो बाहिर निस्किनको लागि दुबिधामा पर्नु पर्दैन” स्थानिय सङ्गिता पाण्डे भन्नूहुन्छ । नागरिककै चाहाना अनुरुप बोटबिरुवाहरु लगाइएकाले पनि नागरिकहरु उत्साहित भएर यो कार्यलाई प्रभाबकारी बनाउन साथ दिइराख्ने उहाँहरुको भनाइ रहेको छ । नगरपालिकाले मात्र नभएर खाली रहेका सार्बजनिक जग्गाहरुमा नागरिकहरुले पनि आफै बिरुवा रोप्न सक्ने पनि बताइएको छ । हिजोआजा सुन्दर, हरियाली र शितल देखिने सिद्धार्थनगर नगरपालिकालाई यो स्थानसम्म पुर्याउनको लागि नगरपालिका सङ्गै, संघसंस्था, उद्योग व्यावसाय, बिधालयहरु र स्थानिय नागरिकहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img