११ जेठ, एजेन्सी ।
कोलम्बियामा ६० लाख जना मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् । ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र यसबाट ६० लाख जना नागरिक प्रभावित भएको खानी मन्त्रालयले जनाएको छ ।पाइपलाइन कम्पनीका अनुसार सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।
कोलम्बियाको पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ नागरिक खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन। सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन। यस्तै, हजारौँ मानिस विद्युतीय चुल्हो किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ। धेरैजसो ग्यास–सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका खबरमा उल्लेख छ ।