तौलिहवा ।
कपिलवस्तुको कृष्णनगरमा साढे चार लाख भारतीय रुपैयाँसहित एक महिला पक्राउ परेकि छन। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ लिङगेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारुको झोला भित्र प्रहरीले पाँच सय दरका ९०० थान चार लाख पचास हजार भारतीय रुपैयाँ फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार विशेष सूचनाको आधारमा यही मंगलवार स्रोत नखुलेको रूपैया सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??