कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकाले आगामी ५ बर्षका लागि आवधिक गाउबिकास योजना तर्जुमा गरिरहेको छ। आवधिक गाउँबिकास योजना निर्माणका लागि गत एक महिना देखि गाउपालिकाका सरोकारवालाहरुका बिच वडागत रुपमा अन्तरकृया र छलफल कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। अलना इन्टरनेश्नल सर्विसेज प्रा.लि., नयाँ बानेश्वर, काठमाण्डौको प्राविधिक सहयोगमा सञ्चानल भएको कार्यशाला गोष्ठीमा पालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,बिषयगत समितिका पदाधिकारी, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, टोल बिकास संस्थाका प्रतिनीधि,शैक्षिक संस्थाका प्रतिनीधि, सरकारी तथा गैरसकरारी संस्थाका प्रतिनीधि तथा सरोकारवालाहरुको सहभागिता रहेको छ।
कार्यशाला गोष्ठीमा अलना इन्टरनेश्नल सर्विसेज प्रा.लि.का प्रेम खडकाले सहजिकरण गर्नु भएको छ। दिर्घकालिन सोंच, लक्ष्य, बिषय तथा क्षेत्रगत रणनीतिक सहितको योजना तर्जुमाका लागि कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमको स्वागतमा शुरु भएको गोष्ठीमा स्वास्थ्यशाखा प्रमुख राम प्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।