काठमाण्डौ ।
काठमाण्डौबाट भारतको बेङ्लोरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ। त्रिभुवन विमानस्थलबाट दिउँसो बेङ्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ । जहाजमा कुनै पनि क्षति नभएको र थप अनुसन्धान भइरहेको पनि विमानस्थलले जनाएको छ । चरा ठोक्किएको आशङ्कामा फर्किएको नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई आजै गन्तव्यमा पठाउने तयारी भइरहेको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??