spot_img
spot_img
spot_img

चीनले बनाएको सी ९१९ हवाइजहाजले व्यावसायिक उडान सुरू गर्‍यो

spot_img

१४ जेठ, एजेन्सी ।

चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी ९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो । यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो । जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको थियो । यसबीचमा जहाज निर्माताले जहाज बनाउनेदेखि परीक्षण उडान गर्नेदेखिका काम पूरा गरेका थिए । सन् २०१७ मा यो जहाजको पहिलो परीक्षण उडान गरिएको थियो ।

चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो । निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए। कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ। ३८ लशमलव ९ मिटर लामो उक्त जहाज ११ दशमलव ९५ मिटर अग्लो छ । जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img