काठमाण्डौ ।
रेशम चौधरीसहित ४८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका कैदीको बाँकी सजाय मिनाह गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नावालक गरी आठ जनाको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै गणतन्त्र दिवसकै अवसरमा १९ जना कैदीले आममाफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनालाई आममाफी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।