spot_img
spot_img
spot_img

बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र

spot_img

एजेन्सी ।

बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् ।मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन । बिगत ३ दिनदेखि फसेका आप्राबासीहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । गत वर्ष पोल्याण्डले आफ्नो देशमा शरण लिनेको संख्या बढेपछी आफनो सीमानामा १सय ९० किलोमिटर लामो पर्खाल लगाएको थियो । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युरोपेली संघले लगाएको प्रतिबन्धका कारण आफ्ना जनता शरणार्थीको रुपमा पोल्याण्ड प्रवेश गरेको भन्दै त्यसमा आफ्नो कुनै दोष नरहेको बताउनु भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img