१५ जेठ, एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० का गोलरक्षक सर्जियो रिकोको अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनलाई हाल संवेदनशील उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गरिँदै छ । २९ वर्षीय सर्जियो घोडसवारका क्रममा दूर्घटनामा परी घाइते भएका थिए । पीएसजीले पनि गोलरक्षक सर्जियोको अवस्था चिन्ताजनक रहेको जनाएको छ । ‘सर्जियोको अहिले उपचार भइरहेको छ । दक्ष चिकित्सकहरु उनको उपचारमा खटिएका छन् । हामीलाई विश्वास छ, उनी छिट्टै ठिक भएर मैदानमा फर्कनेछन्,’ पीएसजीले भनेको छ । स्पेनको हुएल्भामा घोड् सवारीका क्रममा उनको घोडा बेगले दौडिरहेको अर्को घोडासँग ठोक्किएको थियो ।
सर्जियो स्पेनको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । दूर्घटनामा परेपछि उनलाई तत्काल उपचारका लागि हेलिकप्टरबाट सेभियास्थित अस्पताल पुर्याइएको थियो । गत शनिबार पीएसजीले स्ट्रासबर्गलाई १—१ गोलको बराबरीमा रोक्दै फ्रेन्च लिगको उपाधि चुम्दा सर्जियो मैदानमा थिएनन् । पीएसजीले कीर्तिमानी रुपमा ११औं पटक फ्रेन्च लिगको उपाधि जितेपछि उनी स्पेन फर्किएका थिए । उनले पीएसजीका लागि हालसम्म २९ खेल खेलेका छन् । सर्जियोको पूर्वक्लबहरुले पनि उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । स्पेनिस क्लब सेभियाका पूर्वगोलरक्षक सर्जियो सन् २०१९ मा पीएसजीमा आबद्ध भएका थिए । त्यसअघि उनले इङ्लिस प्रिमियर लिग क्लब फुलहामबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।