spot_img
spot_img
spot_img

अखण्ड भारतको नक्साप्रति एमाले रुपन्देहीको आपत्ति

spot_img

काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भू–भागहरु समेत समावेश गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले आज (मंगलबार) विज्ञप्ती जारी गर्दै भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खवरहरु सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको उल्लेख गर्नुभएको हो ।

‘नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्साअनुसार नेपालको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नु त कहाँ हो कहाँ, थप भू–भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्र राष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौं’–विज्ञप्तीमा उल्लेख छ । यसले भारत नेपालको मिचिएको भू–भाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तीमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको जनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img