spot_img
spot_img
spot_img

भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते

spot_img

१६ जेठ, एजेन्सी ।

भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् । अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बिहारका बासिन्दा थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीरबाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो । कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img